काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ ।
प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगतदेखिको बानीकै कारण करुणा जन्मिएको बताइन्
‘म धेरै पहिलेदेखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भनिन ‘ती टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’ शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताइन् ।
उनले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानैदेखिको बानीका कारण किताब लेख्नतिर मन गएको पनि बताइन्।
‘आजै विबहान पनि खाना बनाउँदै गर्दा लि क्वान युको किताबका केही पाना पढिरहेकाी थिएँ’ शाक्यले भनिन, ‘जीवनमा साथी जस्तै हो पढ्ने लेख्ने कुरा मेला लागि ।’ आफूले पुस्तक लेखेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभइ केवल आफ्ना अनुभुतिको दस्तावेजिकरणका लागि लेखिएको उनले बताइन् ।
पुस्तकको संवादका क्रममा सम्पादकहरुले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भनिन्, `म राजनीतिमा आउदिन, तपाईंहरु ढुक्क हुनुहोस, मेरो उमेर छँँदा त पूर्णकालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन ।’ आफूले राजनीति नगरे पनि राजनीति चाँही बुझ्ने गरेको उनले बताइन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरु किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उनले बताईन । ‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउछन्, उनीहरु किन र केका लागि आउछन् म कहिल्यै सोध्धिन किनभने म राजनीति गर्दिन तर राजनीति चाँही बुझ्छु ’ शाक्यले भनिन् ।
एक सम्पादकले शाक्यलाई सोधे ‘तपाईले चार पटक प्रधानमन्त्री बनाउनुभयो । आफू नबन्ने ?’ शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुची नभएको स्पष्ट पारिन ।
‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन, देश बनाउन धेरै गाह्रो छ, आफूसँग टिम चाहिन्छ, राजनीति अस्थिरताले देश निर्माणमा ठुलो अवरोध गरिरहेको छ ’ शाक्यले भनिन् । उनले सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो ’ भनेर प्रचार गरिदिने गर्नाले प्रधानमन्त्री र मन्त्रीहरुलाई काम गर्न अफ्ठेरो परेको सुनाइन् ।
‘यस प्रकारको अस्थिरता फैलाएपछि कर्मचारीले पनि काम टेर्न छोड्छन् अनि समस्या उत्पन्न हुन्छ’ शाक्यले भनिन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कवि एवं समालोचक प्रा.डा.देवी नेपाल र वरिष्ठ पत्रकार, समिक्षक एवं लेखक बविता बस्नेतले करुणामामाथि समीक्षासमेत गरेकी थिइन् ।
डा. नेपालले पुस्तक ध्वनी, ब्यञ्जना, रस आदि सबैको उचित संयोजन भएको बताए । उनले लेखकको हृदय र मस्तिकबाट ‘करुणा’ जन्मिएको बताए । उनले पुस्तकमा उल्लेख भएको रोचक घटना, परिवेश र उदाहरणहरु पनि प्रस्तुत गरेका थिए ।
अर्की समिक्षक बस्नेतले पुस्तक भनेको समयको चिनारी भएको बताइन् । ‘राधिका शाक्यले आफ्ना अनुभवको अस्तवेजिकरणबाट पुस्तक जन्माउनुभयो, पुस्तक प्रेमले पुस्तकालय खोल्नुभयो’ बस्नेतको सुझाव दिंदै भनिन्- ‘पुस्तक पढ्दा लाग्छ यसको नाम करुणा नभएर कल्पवृक्षको सही हुन्थ्यो कि ।’
कार्यक्रमको सञ्चालन महासचिव हिरामान लामाले गरेका थिए।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend