बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ ।
नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै सम्पूर्ण प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने दीर्घकालीन लक्ष्य राखिएको छ । रासायनिक मल र विषादीको प्रयोग घटाउन प्राङ्गारिक मलको उत्पादन र वनजंगलमा झरेका पातपतिङ्गर तथा स्याउला सङ्कलन गरी कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने योजना अघि सारिएको छ ।
विदेशबाट फर्केका युवालाई बाँझो जमिनमा व्यावसायिक कृषिमा जोड्न ‘मेरो मातृभूमि, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै, जलवायु अनुकूलन कृषि, रैथाने पशुपन्छी पालन र रैथाने खाद्यान्न बालीको संरक्षण तथा प्रवर्द्धनलाई पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । प्रदेश सरकारले यी कार्यक्रममार्फत लुम्बिनीलाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य राखेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend