Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्लोबल क्वालिफायरमा प्रवेश गरेपछि महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


    सोमबार, जेष्ठ ५ २०८२
    825
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका छन ।

    नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गरेका छन । यो नेपालको लागि गर्वको क्षण भएको भन्दै ओलीले खुसी व्यक्त गरेका छन ।

    ‘नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि, २०२६ महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलो पटक प्रवेश गरेको छ, नेपालका लागि गर्वको क्षण हो, हार्दिक बधाई तथा शुभकामना’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।

    सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको छ । नेपाल शीर्ष दुईमा पर्दै ग्लोबल छनोट चरणमा प्रवेश गरे पछि प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन् ।

    सुपर ३ मा पुगेको संयुक्त अरब इमिरेटस ९युएई० ले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेर ‘ग्लोबल क्वालिफायर’ मा प्रवेश गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार