Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशका ४ सांसद सवार गाडी दुर्घटना


    सोमबार, जेष्ठ ५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ ।

    पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आउँदै गरेको सांसदको गाडीलाई ठक्कर दिएको हो ।

    उक्त गाडीमा कोशी प्रदेश सभाका सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

    दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार