Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रविको बन्दी प्रत्यक्षीकरण मुद्दा प्रधानन्यायाधीशसहितको इजलासमा


    सोमबार, जेष्ठ ५ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज सुनुवाई हुँदैछ ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

    यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा पारिएको लामिछानेको उक्त निवेदन आज भने हेर्न मिल्ने न्यायाधीशहरू रहेको इजलासमा पेसी तोकिएको हो।

    आइतबार सर्वोच्चले नै दिएको आदेशबमोजिम छैटौँपटकको पेसी भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा पारिएको हो।

    लामिछाने ४२ दिनदेखि रूपन्देही कारागारमा छन् । उनले वैशाख ७ गते श्रीमती निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार