Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुँदै


    सोमबार, जेष्ठ ५ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज (सोमबार) सुनुवाइ हुने भएको छ ।

    सर्वोच्च अदालतमा यसअघि पाँच पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा सोमबार भने हेर्न मिल्ने इजलासमा पर्नेछ। आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो।

    बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटक-पटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो।

    लामिछाने ४२ दिनदेखि रूपन्देही कारागारमा छन् । उनले वैशाख ७ गते श्रीमती निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार