काठमाडौं । सिरहामा प्रहरी लागुऔषध कारोबारीको घरबाट झन्डै ५५ लाख रुपैयाँ बरामद गरेको छ ।
सिरहा नगरपालिका-२२ का ३२ वर्षीय दिनेशकुमार यादवको घरबाट प्रहरीले शुक्रबार ५४ लाख १४ हजार २८५ रुपैयाँ बरामद गरेको हो ।
प्रहरीले शुक्रबार लहान नगरपालिका-१२ भोटिया टोलबाट को५प ६९२७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई लागुऔषध ब्राउनसुगर २१ ग्राम र नगद ५१ हजार ४५० रुपैयाँसहित पक्राउ गरेको थियो ।
उनीसँगै मोटरसाइकलमा बसेकी उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादवसमेत पक्राउ परेकी थिइन् ।
सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार त्यसपछि यादवको घरमा प्रहरी पुग्यो ।
उनको घरबाट १८० ग्राम ब्राउनसुगर, ५४ लाख १४ हजार १८५ रुपैयाँ नेपाली र भारु ३५ हजार ७० बरामद भएको थियो ।
उनको घरबाट लागुऔषध ब्राउनसुगर तौलिने तराजुसमेत बरामद भएको पासवानले बताए ।
यादव यसअघि २०८० साउन १२ गते ३.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । उनी उक्त मुद्दामा ६ महिना कैद भुक्तान गरी २०८० माघ ५ गते छुटेका थिए ।
‘जेलबाट छुटेपछि लागुऔषध कारोबारमा पुन: सक्रिय भएको पाइएको छ, आफ्नो कारोबारमा बहिनीलाई पनि जोडेको देखिएको छ,’ पासवानले भने ।
यादवले लागुऔषध बिक्रीबाट जम्मा भएको रकम आफ्नो घरमा राखेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई लागुऔषध मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।
यस्तै, सिरहा प्रहरीले शनिबार सिरहा नगरपालिका-२ महावीर चोकनजिकबाट स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका-१७ का सञ्जय कारक रहेका छन् । बिआर०६ ४६२९ नम्बरको मोटरसाइकलमा सवार उनको ब्यागबाट स्रवत नखुलेको रकम बरामद भएको पासवानले बताए ।
सिरहामा प्रहरी लागुऔषध कारोबारीको घरबाट झन्डै ५५ लाख रुपैयाँ बरामद गरेको छ ।
सिरहा नगरपालिका-२२ का ३२ वर्षीय दिनेशकुमार यादवको घरबाट प्रहरीले शुक्रबार ५४ लाख १४ हजार २८५ रुपैयाँ बरामद गरेको हो।
प्रहरीले शुक्रबार लहान नगरपालिका-१२ भोटिया टोलबाट को५प ६९२७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई लागुऔषध ब्राउनसुगर २१ ग्राम र नगद ५१ हजार ४५० रुपैयाँसहित पक्राउ गरेको थियो।
उनीसँगै मोटरसाइकलमा बसेकी उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादवसमेत पक्राउ परेकी थिइन्।
सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार त्यसपछि यादवको घरमा प्रहरी पुग्यो।
उनको घरबाट १८० ग्राम ब्राउनसुगर, ५४ लाख १४ हजार १८५ रुपैयाँ नेपाली र भारु ३५ हजार ७० बरामद भएको थियो।
उनको घरबाट लागुऔषध ब्राउनसुगर तौलिने तराजुसमेत बरामद भएको पासवानले बताए।
यादव यसअघि २०८० साउन १२ गते ३.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए। उनी उक्त मुद्दामा ६ महिना कैद भुक्तान गरी २०८० माघ ५ गते छुटेका थिए।
‘जेलबाट छुटेपछि लागुऔषध कारोबारमा पुन: सक्रिय भएको पाइएको छ, आफ्नो कारोबारमा बहिनीलाई पनि जोडेको देखिएको छ,’ पासवानले भने।
यादवले लागुऔषध बिक्रीबाट जम्मा भएको रकम आफ्नो घरमा राखेको प्रहरीले जनाएको छ।
दुबै जनालाई लागुऔषध मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
यस्तै, सिरहा प्रहरीले शनिबार सिरहा नगरपालिका-२ महावीर चोकनजिकबाट स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका-१७ का सञ्जय कारक रहेका छन्। बिआर०६ ४६२९ नम्बरको मोटरसाइकलमा सवार उनको ब्यागबाट स्रवत नखुलेको रकम बरामद भएको पासवानले बताए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend