मुकेशकुमार यादव
सिरहा । सिरहाका एकजना वडाध्यक्षविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी अझै समातिएका छैनन् ।
राजनीतिक संरक्षकका कारण प्रहरीले उनलाई पक्राउ नगरेकाे स्थानीयकाे भनाइ रहेकाे छ । एमाले पार्टीबाट निर्वाचित सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साहलाई राजनीतिक दवावका कारण गर्न प्रहरीले आनाकानी गर्दै आइरहेकाे जनाइएकाे छ ।
वडाध्यक्ष साहसहित १२ जनाविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रूष्ट भएका छन् ।
उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रब, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको एक महिना भन्दा पनि बढी भइसकेकाे छ । तर,प्रहरीले उनीहरूमध्ये कसैलाई पक्राउ गर्न नसकेको स्थानीय दिनेश यादवले बताए ।
उनले भने, ´अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित १२ जना प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डब महतो
विरुद्ध पक्राउ पुर्जी जारी भए पनी उनीहरु अहिले पनी खुलेआम घुमिरहेका छन् ।’
यता घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख (एसपी ) अनन्तराम शर्माले जनाए । ‘म आउनुभन्दा अगाडी नै यो मुद्दा दर्ता भएको रहेछ, प्रहरीले गर्नु पर्ने काम गरिरहेको छ, अनुसन्धानसमेत हुँदैछ ।´
वडाध्यक्षसहित १२ जनाको समुहले सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा २०८० पुष २२ गते गालिगलौज गर्दै लुटपाट गरेको विपक्षीको आरोप छ। आफनै जग्गामा तार बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई गाली बेइज्जती तथा दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको र घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।
त्यसअघि घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरी दिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका हुन् ।
वडाध्यक्षसहित १२ जनालाई सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले संरक्षण गरिरहेको स्थानियकाे भनाइ रहेकाे छ । श्रेष्ठ कै दवावका कारण प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेको उनीहरुको भनाइ छ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend