Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवामा ठूलो परिमाणमा सुन बरामद


    आइतबार, जेष्ठ ४ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार आज(आइतबार) सुनका सात वटा बिस्कुट बरामद भएको हो।

    एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको हो। बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको हो। प्रहरीले चालकको परिचय खुलाइसकेको छैन।

    जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार अन्दाजी सात किलो ६५३ ग्रामको सुन जस्तो पहेँलो धातु बरामद गरेको बताए।

    सुन बरामद भएर भन्सारमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बरामद भएको सुनको मात्रा भने यकिन गर्न बाँकी रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार