काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । सगरमाथा संवादको समापन कार्यक्रममा उनले सगरमाथा संवादले जलवायुजन्य संकट कम गर्नका लागि सबैको सहकार्य बलियो बनाउन भूमिका खेलेको बताए ।
उनले छिमेकी तथा मैत्रीपूर्ण देशका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि र विभिन्न सरोकारवालाको सहभागिताले सगरमाथा संवाद सफलता भएको बताए ।
“सगरमाथा संवाद अविस्मरणीय रह्यो, जसले हामीलाई जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू न्यूनीकरण गर्न द्रुत र प्रभावकारी कामका लागि आवाज उठाउन अवसर प्रदान गरेको छ, जलवायु संकट समाधानका लागि ढिला गर्ने कुनै बहाना हामीसँग छैन, संवाद र सहकार्य नै सामूहिक कार्यको प्रेरणा बन्न सक्छ”, उनले भने, “सगरमाथा संवादले हिमाल तथा हिमनदीहरूको जल, खाद्य, जैविक विविधता, स्वास्थ्य, तथा विपद्का कुरा उजागर गरेर प्रतिरोधात्मक क्षमता अभिवृद्धिका सहयोग गर्नेछ । खासगरी हिमाली क्षेत्रका बासिन्दा र आदिवासी समुदायहरूमा जलवायु परिवर्तनको असर असमान रूपमा परेको तथ्यलाई यसले औँल्याएको छ ।”
अर्यालले जलवायु संकटका कारण हिमालमा हिउँ पग्लिएको र यसको असर हिमाली भू-भागमा मात्र सीमित नभई पहाडी, तराई र तटीय क्षेत्रमा समेत देखिएको उल्लेख गरे। वैज्ञानिक प्रमाणमा आधारित तत्कालीन जलवायु संकट समाधान कदमहरू चाल्न उनले आग्रह गरे ।
“संवादमार्फत जलवायु विज्ञानको प्रवर्द्धन, प्रविधिमा पहुँचको सुधार, नवप्रवर्तनको प्रवर्द्धन, र ज्ञान तथा सफल अभ्यासहरूको आदानप्रदानमा जोड दिएका थियौ, जलवायु वित्तमा सरल तथा न्यायसंगत पहुँचको सुनिश्चितता र कमजोर देश तथा समुदायहरूलाई थप सहयोगको आवश्यकता औँल्याएका थियौ,” संवादको समीक्षा गर्दै उनले भने, “नेपालले जलवायु प्रतिरोधात्मक क्षमता, लगानी र नवीन वित्तीय उपायहरूमा बल दिनुपर्ने कुरा पनि स्पष्ट रूपमा अभिव्यक्त गरेका छौँ । हामीले स्वच्छ ऊर्जा रूपान्तरणलाई अगाडि बढाउने, हरित ऊर्जा प्रवर्द्धन गर्ने, र दिगो विकासलाई सुनिश्चित गर्ने प्रयासलाई प्राथमिकता दिनुपर्ने कुरा पनि जोड दिएका छौँ ।”
ऊर्जा रूपान्तरणले प्रकृति–आधारित समाधानलाई प्रवर्द्धन गर्नुका साथै पर्वतीय जोखिम न्यूनीकरण तथा न्यूनीकरणका लागि सबल पूर्व–सूचना प्रणालीमा लगानी गर्न सहयोग पुर्याउने उनले उल्लेख गरे । नेपालले पर्वतीय राष्ट्रहरूका लागि विशेष कोष सृजनाको आह्वानलाई पुनः दोहोर्याउँछौँ, साथै जलवायु परिवर्तन र पर्वतीय मुद्दामा केन्द्रित एक विश्वव्यापी मञ्चको स्थापना गर्ने आग्रह गरेको उनको भनाई छ ।
“संवादमार्फत विश्वव्यापी मञ्चमा उभिँदै, हामी सगरमाथादेखि समुद्रसम्म, पहाडदेखि टापुसम्म सबैका लागि न्यायपूर्ण, सहनशील र दिगो भविष्यको पक्षमा हाम्रो साझा आवाज र सामूहिक कार्यको आह्वान गरेका छौँ”, अर्यालले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend