काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सञ्जाल योजनाबद्ध विकास नगर्दा झ्याप-झ्याप बिजुली जाने समस्या भएको बताएको छ।
आज (आइतबार) पत्रकारहरूलाई सूचनासँगै एक लिखित सामग्री उपलब्ध गराउँदै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले यसअघि पनि ट्रिपिङ समस्या रहेको उल्लेख गरेको हो।
विगतका वर्षहरूमा समेत प्रि(मनसुन र मनसुनको समयमा हावाहुरी अधिक वर्षा लगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको कार्यकारी निर्देशक शाक्यको सचिवालयले जनाएको छ।
‘प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ हुँदा समेत अत्यधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए,’ प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।
समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर कमिटीले रिपोर्ट नदिने उल्लेख छ। दिए पनि कार्यान्वयन नहुने प्रवृत्ति विगतमा रहेको प्राधिकरणले जनाएको हो। २०८० साउन २६ गते बनेको कमिटीले पनि कुनै रिपोर्ट नदिएको उल्लेख छ।
प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी सामाजिक सञ्जालमा आएका कुरामा कुनै सत्यता नभएको पनि प्राधिकरणले जनाएको हो।
प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नुपर्ने सुचनामा उल्लेख गरेको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend