Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा


    आइतबार, जेष्ठ ४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेको छ। आज (आइतबार) पनि उनको निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै पारिएको हो।

    तर उनको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन्। यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ गरेको थिएन । यो निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको आज पाँचौँपटक हो। हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेनन्।

    वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन्।
    रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ।

    उनीहरू दुवै जना रुपन्देही कारागारमा छन्। जिल्ला अदालत रुपन्देहीले छविलाई पुर्पक्षका लागि थुनामा पठाउँदा रविसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार