लमजुङ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको लमजुङ जिल्ला अधिवेशनका क्रममा शनिवार सदरमुकाम बेँसीसहरमा खुकुरी प्रहारको घटना भएको छ ।
अधिवेशन सुरु भए लगत्तै एक पक्षले कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको र झडपमा तीन जना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कार्यक्रम सुरु भएको केही समयमै बाहिरबाट आएको एउटा समूहले अधिवेशन बिथोल्ने प्रयास गरेको जनाइएको छ । भित्र कार्यक्रम सञ्चालन गरिरहेको पक्षले प्रतिवाद गरेपछि खुकुरी प्रहार भएको हो ।
अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुण दलका दुई पक्षबिच तनाव कायम थियो । शनिवारको घटनामा तीन जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङले घटनाको अनुसन्धान सुरु गरेको र दोषीमाथि कारबाही गर्ने जनाएको छ । तरुण दलको आन्तरिक विवादले हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा बनाएको छ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend