Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमि सम्बन्धि बिधेयकमा बिरोध रहन्छः उपेन्द्र यादव


    शुक्रबार, जेष्ठ २ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् ।

    केपी ओली सरकारले भूमि सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।

    ‘भूमि सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार