Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालको केन्द्रीय समिति बिस्तारीत बैठक जेठ १३ गते बस्ने


    शुक्रबार, जेष्ठ २ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालको केन्द्रिय समितिको बिस्तारीत बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ ।

    बैठकमा जिल्ला अध्यक्ष र जनबर्गिय संगठनमा प्रमुखहरुको समेत सहभागीता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    आगामी जेठ १५ देखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालिन जनआन्दोलनलाई दृष्टिगत गरि रणनीति निर्माणको लागि बैठक बोलाईएको हो ।

    नबराज सुबेदिको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा राप्रपा ,राप्रपा नेपाल , नेपाली काङ्ग्रेस ९बिपि० ,शिव सेना नेपाल , दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरुको सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार