Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फोनबाट धम्क्याउदै रकम अशुल्न खोज्ने गिरोह पक्राउ


    सोमबार, माघ ५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाले धम्क्याउदै रकम असुली गर्ने खोज्ने गिरोहलाई पक्राउ पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको मेलुङ् गाउँपालिका–२ घरभइ काठमाडौं असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखाको शैलुङ गाउँपालिका–८ घरभइ काठमाडौंको असन बस्ने १९ वर्षीय सुरज भण्डारी र दोलखाको शैलुङ् गाउँपालिका–८ घरभइ काठमाडौंको काडाँघारी बस्ने २१ वर्षीय किरण कार्की रहेका छन् ।

    उनीहरूले काठमाडौं उपत्यकाभित्रका बिभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर, धाक धम्की देखाई लाखौं रकम माग गर्ने गरेका थिए । साथै उक्त रकम नदिए निजहरुलाई ज्यान मार्ने धम्की दिने गरेको महाशाखाले जनाएको छ।

    अपराध महाशाखाले गोप्य सुचनाको आधारमा उनीहरूलाई काठमाडौंको बागबजारस्थित मोडल अस्पताल अगाडिबाट पक्राउ आइतबार पक्राउ गरिएको महाशाखाको टोलिले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ५ वटा मोबाईल तथा सिमहरुसमेत बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार