काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैङ्कले गभर्नर पाउने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही नहुने पनि बताए ।
हिजो (बिहीबार) सिंहदरबारमाबसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सिफारिस समितिबाट सुरुमा विजयनाथ भट्टराईले राजीनामा दिनुभयो । त्यो डिफल्ट भयो । त्यसपछि महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौँ ।त्यसपछि डा। विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो । समितिका सदस्यले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि फेरि पुनर्गठन गरेका छौँ ।’
हिजो बसेको मन्त्रिपरिषद् बैठकले संयोजकमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनाएको थियो ।
अब उक्त समितिले काम गर्ने र चाँडै गभर्नर नियुक्त हुने सञ्चारमन्त्री गुरुङको भनाइ छ । ‘महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनेको छ । अब तलमाथि नभई दुई चार दिनभित्र नयाँ गभर्नर पाउँछौँ भन्ने आशा लिएका छौँ,’ उनले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend