काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।
प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि नेपालको तर्फबाट निमन्त्रणाको सन्देश सुनाइदिन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगराइने विश्वास दिलाए ।
भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend