काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज समेत लजाउने बताएका छन् ।
आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गभर्नर नियुक्ति प्रक्रिया, त्यसको सिफारिस समितिमा प्रत्येक १० दिनमा सदस्य हेरफेर लगायका कुराहरू देखेर यस्तो टिप्प्णी गरेका हुन् ।
उनले भने, ‘गभर्नर नियुक्ति प्रक्रिया र त्यसको सिफारिस समिति देखेर लाज पनि लजाउन थाल्यो, तर हाम्रो यो सरकार लजाउँदैन ।’ चुनाव हारेकाहरू राष्ट्रिय सभामा जाने र राजदूतसम्म बन्ने परम्परा रहेकोमा अब गभर्नर नै बनाउन खोजिएको उनले आरोप लगाए । ‘यो गलत परम्परा हो । कुनै पनि राजनीतिक दलको सदस्य गभर्नर हुन सक्दैन भनेर राष्ट्र बैंकको ऐनमै स्पष्ट छ’ उनले भने । राष्ट्र बैंक भित्रबाटै गभर्नर बनाउन सकिने उनको भनाइ छ ।
सांसद सिंहले भने, ‘राष्ट्र बैंक यत्रो वर्षदेखि चलिरहेको छ त्यहाँ कुनै विज्ञ छैनरु भित्रबाट बनाउँदा पाप लाग्छरु बाहिरकै मान्छे राख्नुपर्नेरु आफ्नै दलको कार्यकर्ता राख्नुपर्ने रु’ अहिलेको डेपुटी गभर्नरलाई गभर्नर बनाउन नहुने कारण नभएको पनि उनले बताए ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend