Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व मुख्यसचिव रेग्मी राजदूत नियुक्त


    सोमबार, माघ ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

    उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भने यसअघि नै राजदूत नियुक्त भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार