Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सतुंगलको कपडा गोदाममा भीषण आगलागी


    बिहिबार, जेष्ठ १ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको सतुंगलमा चारतले घरमा रहेको कपडा गोदाममा भीषण आगलागी भएको छ।

    चन्द्रागिरि नगरपालिका- ११ सतुंगलमा रहेको कपडा गोदाममा आज (बिहीबार) बिहान एक्कासी आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ।

    बिहीबार बिहान सवा पाँच बजेबाट आगलागी सुरु भएको हो। चारतले आरआर कम्पलेक्सको भूइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीको कारण खुलेको छैन।

    ६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा केहीबेर अघि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार