Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त


    बिहिबार, जेष्ठ १ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको स्रोतले जनाएको छ ।

    यसअघि गठित समितिमा अर्थविदका रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो।

    गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए।

    महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ देखि गभर्नर नियुक्त हुन सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार