Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै


    बिहिबार, जेष्ठ १ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज तीनवटा संसदीय समितिहरूको बैठक बस्दैछ।

    जसअन्तर्गत बिहान सवा ८ बजेदेखि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बसिरहेको छ।

    बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ।

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ।

    त्यस्तै, बिहान ११ बजे बस्नेछ । बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन, अन्तरक्रिया लगायत समितिको कार्य योजना कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार