काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थानहरूको व्यवस्थापन सुधार गर्न सरकारलाई ९ बुँदे सुझाव दिएको छ ।
बुधबार महालेखाले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनले सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये सरकारले नै सञ्चालन गर्नुपर्ने, सरकारको आंशिक उपस्थिति आवश्यक पर्ने र सरकारको उपस्थिति आवश्यक नपर्ने क्रियाकलाप छुट्याइ सोही अनुरूप संस्थान सञ्चालन गर्न सरकारलाई सुझाव दिएको हो ।
सार्वजनिक संस्थानको कार्यकारी नियुक्ति तोकिएको आधारमा व्यावसायिक योजना सहित गरिनुपर्ने, सञ्चालक समितिमा सरकारका पदेन सदस्यको प्रतिनिधित्वलाई न्यून गरिनुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ ।
यस्तै उद्देश्य अनुरूप संस्थान सञ्चालन गर्न नसक्ने पदाधिकारीलाई कार्य विश्लेषण गरी जिम्मेवार बनाउनुपर्ने सुझाव दिइएको छ ।
‘सार्वजनिक संस्थानको उद्देश्य सार्वजनिक हित वा व्यावसायिक हो भन्ने स्पष्ट गर्नुपर्दछ,’ प्रतिवेदनमा छ, ‘सार्वजनिक हितको उद्देश्य रहेका संस्थानहरूको सेवा प्रवाहका आधारमा र व्यावसायिक उद्देश्यका लागि स्थापित संस्थानहरूको मुनाफाको आधारमा मूल्यांकन गर्नुपर्दछ ।’
यसैगरी सार्वजनिक संस्थानमा कार्यकारी नियुक्ति गर्दा कानुनले तोकेको योग्यता पुगेको स्वघोषणा गर्नुपर्ने पनि सरकारलाई महालेखाको सुझाव छ ।
निजीकरण गरिएका संस्थानसँग लामो समयदेखि उठाउन बाँकी रहेको बक्यौता रकम कानुन बमोजिम असुल गर्न पनि प्रतिवेदनले भनेको छ ।
नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संगठित संस्थाबाट सहायक कम्पनीमा सञ्चालक नियुक्ति वा मनोनयन गर्दा नेपाल सरकारको स्वीकृतिमा गर्नुपर्ने महालेखाको सुझाव छ ।
यस्तै संगठित संस्थाको दीर्घकालीन आर्थिक दायित्वमा असर पार्ने निर्णय गर्दा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने सुझाव दिइएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend