काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका(२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् ।
बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको थियो । यसक्रममा एक जनाको मृत्युसमेत भएको छ ।
क्षति भएका घरको अवलोकनको क्रममा उपप्रमुख डंगोलले घरधनीहरू दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग छलफल गरिन् ।
ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आएको भन्दै उपप्रमुख डंगोलले भनिन्, ‘आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’
डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिइन् ।
बुधबार आगलागीमा परेर श्रेष्ठको चारतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ सोही घरमा एक महिलाको मृत्यु भएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend