Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा बस दुर्घटना, २२ जना घाइते


    बुधबार, बैशाख ३१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

    ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् ।

    घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार