Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: सांसद माया राईको अदालतमा बयान सुरु


    बुधबार, बैशाख ३१ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस सांसद माया राईको अदालतमा बयान सुरु भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा सांसद राईको बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बसह हुनेछ ।

    त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख र धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदन अनुसार सांसद राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

    सहकारी ठगी र संगठित अपराधको कसुरमा सांसद राईसमेतका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन दर्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार