Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • भक्तपुरमा मापसे गरेर सहचालकले बस चलाउँदा दुर्घटना


    मंगलबार, बैशाख ३० २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर सहचालकले बस चलाउँदा दुर्घटना भएको छ ।

    मंगलबार राति २ः२० बजे मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडबाट निकोसेरातर्फ जाँदै गरेको बस दुर्घटना भएको थियो । बा. प्र.०१–००६ ख ५९९८ नम्बरको भाडाको बस सानुमाया धौबन्जराको चार तले पक्की घरको कम्पाण्डमा गएर ठोक्किएको थियो । बस ठोक्किएपछि घरको सटर र मन्दिरमा क्षति पुगेको थियो ।

    लगत्तै प्रहरीले बस चलाउने व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घर भएका २० वर्षीय अनिल खत्रीलाई पक्राउ गरेको थियो । उनी चालक नभइ सहचालक रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

    उनका अनुसार राति मापसे गरेर सहचालक खत्रीले बस लिएर हिंडेका थिए । बस र चालकलाई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार