Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


    मंगलबार, बैशाख ३० २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज प्रारम्भिक चरणको सुनुवाइ हुँदै छ ।

    अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको र सो कार्य गैरकानुनी भएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।

    अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।

    पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार