Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोलुखुम्बुमा टिपर दुर्घटना : ३ जनाको मृत्यु, एक जना घाइते 


    सोमबार, माघ ५ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सल्लेरी । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । घाइते मगरकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ । 

    सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट) निर्माणमा प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा गएराति महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    टिपर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरबाट करिब ३ सय मिटर तल खसेकाे थियाे । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार