Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको नीति नलाग्ने यी घुमुवा !


    सोमबार, माघ ५ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • वीरगंज । नेपाल प्रहरीमा सादा पोशाकमा घुमुवा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने क्रम तराईका जिल्लाहरुमा घट्ने होइन, बढिरहेको छ । बेलाबेलामा घुमुवा हटाएर शुद्धिकरण गर्ने कुरा प्रहरीमा उठ्ने गर्दछ । तर त्यो त्यत्तिकै सेलाएर जाने गर्दछ । भीमबहादुर रावल गृहमन्त्री हुँदा तराईका जिल्लामा घुमुवाका कारण सशस्त्र समूहहरु फस्टाएको निष्कर्षका साथ लामो समयदेखि घुमुवा रहेका प्रहरीलाई डाँडाकाँडा सरुवा गरियो । कतिपयलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता गरियो । त्यसपछि सशस्त्र समूहका गतिविधिमा कमि आयो । घुमुवाहरुले सशस्त्र समूहहरुलाई प्रहरीको सबै सूचना दिने गरेकाले उनीहरुले व्यापारीलाई धम्क्याउने, असुल्ने र हत्यासमेत गर्ने काम गर्दै आएका थिए ।

     घुमुवाको सरुवापछि सशस्त्र समूहले सूचना पाउन छाडे, त्यसपछि उनीहरुविरुद्ध प्रहरी कारवाही प्रभावकारी बन्यो । फलस्वरुप तराईबाट सशस्त्र समूह कमजोर बन्दै समाप्त भयो । नेपाल प्रहरीमा विज्ञान शर्मा डीआईजी हुँदा पनि लामो समयसम्म कार्यरत घुमुवाहरुलाई सरुवा गरियो । त्यसपछि बेलाबेलामा घुमुवा हटाउने कुरा उठ्छ, तर त्यो लागु हुन सकेको छैन । अहिले २ नम्बर प्रदेशमा घुमुवाहरुको गतिविधि पुनः बढेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले सबै सेटिङ गरी घुमुवा खटाउँदै असुल्दै आएका छन् । 
    प्रहरीमा एउटा सरूवा नीति छ जुन निरीहहरूलाई मात्र लाग्छ । हुने खानेलाई लाग्दैन । यसको ज्वलन्त उदाहरण वीरगंजका केही घुमुवाहरूको कुराले पुष्टि गर्छ ।

     महतो र घुमुवाको साँठगाँठ

    प्रदेश प्रहरीका प्रशासन प्रमुख डीएसपी ज्ञानकुमार महतो अति विवादित मानिन्छन् । उनी इन्स्पेक्टर हुँदा कीर्तिपुरमा कार्यरत थियो । कीर्तिपुरमा हुँदा उनले असुली गरेरै घडेरी जोडेको आरोप छ । कीर्तिपुरबाट उनको सरुवा जिल्ला ट्राफिक कार्यालय धनुषामा भयो । वीरगंजपछिको लाइसेन्स्मा कमाई हुने ठाउँ हो धनुषा ।

    १६ महिनासम्म धनुषामा बसेका उनी त्यसपछि सरुवा भए । धनुषामा महानगरीय ट्राफिक महाशाखाबाट मधुसुदन सिलवालको सरुवा भयो, तर महतोले मधेसका विभिन्न व्यक्ति लगाएर सिलवाललाई जान नदिने वातावरण बनाए र थप १ वर्ष धनुषा ट्राफिकमा लाइसेन्स्मा घुस खाएर बसे ।

     तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकसम्म पहुँच पु¥याएर उनी थप १ वर्ष धनुषा ट्राफिकमा बस्दा जनकपुर यातायातका प्रमुख तीर्थराज खनाल थिए । खनाल र महतोको सेटिङमा खुलेआम लाइसेन्स् विक्री भयो । लिखित परीक्षादेखि प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएकालाई लाइसेन्स् दिइयो । मोटरसाइकलको १० हजार र हल्का सवारीको २५ हजारसम्ममा दलाल राखेर लाइसेन्स् विक्री गरियो खनाल र महतोले करोडौं घुस लिएको विषयमा अख्तियारमा उजुरी परे । तर राजनारायण पाठकलाई भेटी बुझाएर उनीहरुलाई मुद्दा चलाइएन् । जनकपुर ट्राफिकमा महतो र खनालविरुद्ध मुद्दा दायर गर्न पर्ने उजुरी पर्दा पनि पाठकले उनीहरुबाट लाभ लिई जोगाएको आरोप लागेको थियो ।

      धनुषा ट्राफिकपछि उनको सरुवा इलाका प्रहरी कार्यालय  रौतहटको गरुडामा भयो । उनी इञ्चार्ज भएको गरुडामा हिरासतमा यातनाका कारण एक व्यक्तिको मृत्यु भयो । त्यस प्रकरणमा उनलाई निलम्बन गर्नुपर्नेमा जोगाइयो । रौतहटका एसपी रविराज खड्का तानिए । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइयो । इन्स्पेक्टर र कनिष्ठ अधिकृतहरु निलम्बन भए, तर महतोलाई उन्मुक्ति दिइयो । तिनै महतो हाल २ नम्बर प्रदेश प्रहरीको घुमुवा खटनपटन गर्ने हर्ताकर्ता छन् । २ नम्बर प्रदेशका डीआईजी धिरजप्रताप सिंहले महतोको असुली धन्दाबारे थाहा नपाएका हुन् कि उनको समेत संलग्नता छ, त्यो भने प्रहरीले बुझ्न सकेका छैनन् । साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार