Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहेको भोज खाँदा धनुषामा जन्तीसहित सय बढी बिरामी


    सोमबार, बैशाख २९ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।

    खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि थाहा भएको प्रमुख यादवले जानकारी दिए ।

    ४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार