Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप


    सोमबार, बैशाख २९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ ।

    आइतबार सुकेधाराबाट पक्राउ परेका उनीविरुद्ध २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले बताए । मोरङको विराटनगर महानगरपालिका- ३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।

    उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान गर्दै अन्य कसुर खुलेको अवस्थामा उक्त कसुर पनि आकर्षित हुने बताइएको छ ।

    १५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार