Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ


    आइतबार, माघ ४ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पाल्पामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पको रामपुर नगरपालिका–५ बेजाडका बुद्धि दराई रहेका प्रहरीले जनाएको छ ।

    ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा बुद्धिलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीको टोलीले उनको उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार