Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुँदैन: प्रधानमन्त्री


    आइतबार, बैशाख २८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताएका छन् ।

    राजावादीहरूले जेठ १५ गते देखी सुरू गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनको सपना पुरा नहुने बताएका हुन् ।

    ‘ यो जेठ १५ त परै जाओंस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिदैन, अब त्यो सपना छाडेर देश बिकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली भित्रै बसेर शान्तिपुर्ण तरिकाले आफना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’

    सरकारको नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै राजावादीहरूको जेठ १५ गते देखी गर्ने भनिएको प्रदर्शनको औचित्य नभएको पनि उनको तर्क छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार