Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपति पौडेल भोलि जन्मथलो तनहुँको रिस्ती जाँदै


    आइतबार, बैशाख २८ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जन्मथलो व्यास नगरपालिका(८ रिस्ती जाने भएका छन् । कुलपूजाका लागि राष्ट्रपति पौडेल सिस्ती जान लागेका हुन् ।

    सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली आउने र त्यसपछि गाडीबाट रिस्ती पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ । सुरक्षा व्यवस्थामा विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

    स्थानीय बासिन्दाहरूले राष्ट्रपति पौडेलको आगमनको स्वागतका लागि तयारी गरेका छन् । कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार