Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मुग्लिन-नारायणगढ खण्डमा ट्रक पल्टिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध


    आइतबार, बैशाख २८ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।

    बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन प्रहरीले जनाएको छ।

    दुर्घटनामा मानवीय क्षति भने भएको छैन। दुर्घटना स्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ। प्रहरीले अवरोध हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार