Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसुरका तीन फरार अभियुक्त पक्राउ


    आइतबार, माघ ४ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ ।

    सिआइबीले फरक–फरक मुद्दामा ठगी गरी फरार रहेका चितवन भरतपुर महानगरपालिका–१४ हनुमाननगरका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौं चन्द्रागिरि नगरपालिका–२ चिसापानीका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका–२ का २९ वर्षीय विष्णु अंगाईलाई पक्राउ गरेको हो ।

    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार रामबहादुरलाई आइतबार, सुबासलाई शनिबार र विष्णुलाई गत बिहीबार पक्राउ गरिएको हो । रामबहादुर विरुद्ध प्रमोद ढुंगेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीले जाहेरी दिएका थिए। उनीहरूको मुद्धामा उच्च अदालत पाटनले गत वर्ष पुस २५ गते ५५ दिन कैद र दुई करोड ३२ लाख २४ हजार १०० रुपैयाँ जरिवाना सजाय दिएको थियो।

    तर उनी फरार भइ लुकिछिपी बसेका थिए। उनको सजाय भुक्तानका लागि आइतबार जिल्ला अदालत चितवन पेश गरेको ब्युरोले जनाएको छ। त्यसैगरी बुना महत र गीतादेवी अधिकारीको जाहेरीमा उच्च अदालत पाटनले गत फागुन १० गते र गत जेठ ३२ गते सुबास थापालाई १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना सजायको आदेश दिएको थियो।

    विष्णुविरूद्ध भने मीनाकुमारी अंगाईले जाहेरी दिएकी थिइन्। सो जाहेरीको आधारमा उच्च अदालत पाटनले २०७५ असार २४ गते एक महिना कैद र १० लाख जरिवाना सजाय तोकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार