काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ १ गतेदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानमा निस्कने भएको छ । हालैमात्र तराई मधेश जागरण अभियान टुंग्याएको माओवादीले अब पहाडी भेगका जनतालाई लक्षित गरी अभियान थाल्न लागेको हो ।
माओवादीले अबको अभियानको कार्यतालिका समेत सार्वजनिक गरेको छ । माओवादीले जनाएका अनुसार अभियान टोली २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद, ३ गते अछाम मंगलसेन जनसंवाद, ४ गते दैलेख सदरमुकाम जनसभा गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, जेठ ५ गते जाजरकोट खलंगा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मामा जनसंवाद र १० गते पोखरा जनसभा गर्ने माओवादीले जनाएको छ ।
अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । अभियानमा प्रचण्डसहित पार्टीका अन्य पदाधिकारीहरु पनि सहभागी हुुने बताइएको छ । तराई मधेश जागरण अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित माओवादीले दोस्रो चरणमा यो अभियान सुरु गर्न लागेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend