Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत र पाकिस्तानलाई शान्ति कायम गर्न जी–७ राष्ट्रहरुको अपिल


    शनिबार, बैशाख २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु जी–७ मा आवद्ध देशहरुले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न अपिल गरेका छन् ।

    दुवै देशबीच सैन्य टकराब बढिरहेका बेला जी–७ देशहरूले एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गर्दै शान्ति कायम राख्न अपिल गरेका हुन् ।

    जी–७ को विज्ञप्तिमा भनिएको छ–‘हामी दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून् भन्ने चाहन्छौं ।’

    जी–७ विश्वका सात देशहरूको समूह हो । यसमा संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडा जस्ता देशहरू समावेश छन् ।

    क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार