Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दत्ता परिवारः जम्मु कश्मिरमा ५० करोड ठगी, नेपाली नागरिकता लिएर बीरगंजमा ब्यापार


    शुक्रबार, बैशाख २६ २०८२
    3.7K
    Shares
    अमरसिंह दत्ता र हरपालसिंह दत्ता
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगंज । दत्ता फाइनान्स, दत्ता ट्रेडिङ कर्पोरेशन, भन्ना फाइनान्स इण्डिया लिमिटेड, दत्ता फाइनान्स एण्ड ट्रेडर्स र दत्ता वाइन कम्पनी जस्ता विभिन्न संस्थाहरू खडा गरी सोझासिधा जनतालाई ५० करोड रुपैयाँभन्दा बढी ठगी गरेका एक पात्र अहिले बीरगञ्जमा बसेर चैनको बाँसुरी बजाइरहेको देख्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ, तर यो घटना यथार्थ हो ।

    तत्कालीन जम्मु–कश्मीर राज्यका जम्मु, सम्बा, पुँछ, बरामुल्ला र श्रीनगर क्षेत्रका सयौं नागरिकलाई ‘पाँच वर्षभित्र धनराशि दोब्बर हुन्छ’ भन्ने झुटो भ्रममा पारेर गुरुबचन सिंह दत्ता, उनका छोरा हरपाल सिंह दत्ता र अमरजीत सिंह दत्ताले करोडौं रुपैयाँ अपचलन गरेका थिए । यस सन्दर्भमा जम्मु अदालत र भारतको प्रवर्तन विभाग (ED) ले छुट्टाछुट्टै कारबाही अगाडि बढाएका छन् ।

    हरपाल सिंह दत्ता जनताको पैसा लिएर अमेरिका भागेका छन् भने अर्का छोरा अमरजीत सिंह दत्ता हाल नेपालमा बसेका छन् । भारत सरकारले ‘धनशोधन निवारण अधिनियम (PMLA) अन्तर्गत यी दुवै ठग दाजुभाइविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

    हरपाल सिंह दत्ता अमेरिका टेक्सास राज्यको हस्टन सहरमा पेट्रोल पम्प सञ्चालन गरेर बसेका छन् भने अमरजीत सिंह दत्ताले झुटो विवरण पेश गरी जन्मकोे आधार देखाई नेपाली नागरिकता प्राप्त गरेका छन् । उनी भारतबाट भागेर नेपाल आउँदा भारतीय बाणिज्य दूतावास काठमाडौंबाट आफू भारतीय नागरिक भएको प्रमाण देखाई बीरगन्जमा आफ्नो ब्यापार गरेर बसेका हुन् ।

    गुरुबचन सिंह दत्ताको मृत्यु हुँदा पनि उनका दुबै छोराहरू अन्तिम संस्कारमा समेत सहभागी भएका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार