Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेका छौं: परराष्ट्र मन्त्रालय


    शुक्रबार, बैशाख २६ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ ।

    भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले एड्भाइजरी जारी गरेको हो ।

    मन्त्रालयले आज एड्भाइजरी जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

    यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार