Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजामती विधेयकको प्रतिवेदन तयार, आइतबार छलफलका लागि समिति बैठक


    शुक्रबार, बैशाख २६ २०८२
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ।

    उक्त प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको छ। समिति सचिवालयका अनुसार, आगामी आइतबार बिहान सिंहदरवारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ।

    निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो। सैद्धान्तिक छलफलपश्चात्, १५ जेठ २०८१ मा दफावार छलफलका लागि विधेयक राज्य व्यवस्था समितिमा पठाइएको थियो।

    विधेयकमा सांसदहरूले १२४ समूहमा १,५८३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसअघि २०७५ मा दर्ता भएको निजामती सेवा विधेयक २०७८ असोजमा सरकारले फिर्ता लिएको थियो। त्यसयता, अघिल्लो कार्यकालमा विधेयक संसदमा पेस हुन सकेन।

    चालू कार्यकालमा पनि विधेयक अपेक्षित गतिमा अघि नबढेको भन्दै रोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यही सन्दर्भमा, राज्य व्यवस्था समितिले प्रतिवेदन तयार पारेको छ, जसमाथि आइतबार छलफल हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार