मुम्बई । बलिउड फिल्म निर्देशक अनुराग कश्यपले केही समय अघि ब्राह्मणमाथि आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि उनी विवादमा परेका थिए ।
जसका कारण उनले चारैतिरबाट ट्रोलको सामना गर्नु परेको थियो । उनले धेरै समस्याको सामना गर्नुपरेको थियो । उनले यसमा माफी पनि मागेका थिए तर उनको समस्या अझै टरेको छैन । बरू, थप बल्झिन पुगेको छ ।
खासमा अब अनुरागलाई रायपुर अदालतबाट ठूलो झटका लागेको छ । त्यहाँको अदालतले अनुराग विरुद्ध गैर जमानती धारा अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिएको छ। उच्च अदालतका अधिवक्ता अञ्जिनेश अजय शुक्लाले उनीविरुद्ध उजुरी गरेका थिए । न्यायिक मजिस्ट्रेट कुमारी आकांक्षाको इजलासले फैसला सुनाउँदै अनुराग विरुद्ध गैर जमानती धारा अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिएको हो।
अनुराग कश्यप विरुद्ध भारतीय दण्ड संहिताको धारा १९६, २९९ र ३५३ अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिइएको हो। अर्थात्, उनी आफ्नो भनाइलाई लिएर समस्यामा परेको देखिन्छ । र उनको समस्या बढ्दै गएको देखिन्छ।
जातिवादको बारेमा टिप्पणी गर्दा अनुरागले ब्राह्मणहरूबारे टिप्पणी गरेका थिए, त्यसपछि उनको निकै आलोचना भएको थियो। र अहिले यो मुद्दा अदालतमा पुगेको छ । फिल्म ‘फुल’लाई लिएर चलिरहेको विवादका बीच उनको यो अभिव्यक्ति आएको हो ।
अनुरागले आफ्नो बयानका लागि माफी पनि मागेका थिए । माफी माग्दै उनले लेखेका थिए, ‘आक्रोशमा कसैलाई जवाफ दिंदै आफ्नो लज्जा बिर्सेर सारा ब्राह्मण समाजका लागि नराम्रो खबर ल्याएको थिएँ, जुन समाज मेरो जीवनमा रहँदै आएको छ, त्यो समाज अहिले पनि छ र धेरै योगदान गरिरहेको छ, आज मबाट सबै दुखी छन् । मबाट मेरो परिवार दुखेको छ। धेरै बुद्धिजीवीहरू, जसलाई म सम्मान गर्छु, मेरो रिस र मेरो बोल्ने तरिकाले दुखित भएको छन, बुझ्दछु।’
अनुरागले पनि आफ्नो पोस्टमा लेखेका छन्, ‘अबदेखि यस्तो नहोस्, म यसमा काम गर्नेछु र यदि मैले यो मुद्दाको बारेमा कुरा गर्नु पर्यो भने, म सही शब्द प्रयोग गर्नेछु। मलाई आशा छ तपाईंले मलाई माफ गर्नुहुनेछ।’
नेपालमा पनि ‘राजागञ्ज’ मा लगानी गरेका भनिएका कश्यपले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेस केन्द्रित आन्दोलनको बिषयमा ‘आँप झरेको’ भन्ने अभिब्यक्ति राखेर फिल्म बनाए पछि सेन्सर बोर्डले अन्तिम समयमा सो दृश्य काटन लगाएको थियो । जसका कारण, सो फिल्म बिबादमासमेत परेको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend