Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • स्ट्यान्डिङ डबल प्याडल बोट पल्टिएर फेवातालमा फसेका ७ जनाको सकुशल उद्वार


    बिहिबार, बैशाख २५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बैशाख २५ गते बिहीबार कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको छ ।

    बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षिय सोनु बर्मा, २२ बर्षीया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दीक्षित, २४ बर्षीय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नेन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।

    सो लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको हो । उद्वार पश्चात नन्दबहादुर गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जना भने अवस्था सामान्य रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार