Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनू, नसके सुरक्षित ठाउँमा बस्नू


    बिहिबार, बैशाख २५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ ।

    त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो ।

    भारत पाकिस्तानबीचको बढदो तनाव पछि अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ ।

    अमेरिकाले लेखेको छ, ‘ड्रोन विस्फोट, ड्रोन खसालेको र लाहोर र वरपरको हवाई क्षेत्रमा सम्भावित घुसपैठको रिपोर्टका कारण लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर कर्मचारीहरूलाई खाली गर्नुहोला ।’

    अमेरिकाको वाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू पनि प्राप्त गरेको छ कि अधिकारीहरूले लाहोरको मुख्य एयरपोर्टको छेउमा रहेका केही क्षेत्रहरू खाली गर्न सक्छन्। सम्भव भएसम्म अमेरिकी नागरिकले पाकिस्तान छोड्न सल्लाह दिइएको छ । यदि यो छोड्न सुरक्षित छैन भने सुरक्षित स्थानहरूमा बस्न भन्दै अमेरिकाले एडभाइजरी जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार