काठमाडौं । फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै काठमाडौं महानगरपालिकाले बसुन्धरामा रहेको बीपी स्मृति अस्पतालको फोहर संकलन रोक्का गरेको छ ।
महानगर टोलीले फोहोर संकलन रोक्का गरेर ५० हजार रुपैयाँ जरिबाना तिर्न पत्र पठाएको हो । स्थानीयले महानगरको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकाले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।
कल सेन्टरबाट गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग पठाइएको थियो । गुनासोकर्ताले गत सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैयाँ महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधि सहित अनुगमन गरिएको थियो ।
अनुगमनमा फोहोर व्यवस्थापन अभ्यास हेर्ने क्रममा अस्पतालमा गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउन्डमा फोहोर राखेर दुर्गन्ध नफैलिए पनि अस्पतालको कम्पाउन्डको स्वच्छतामा भने कमजोरी थियो ।
यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक होइन । यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरले चाहेको वातावरणीय अवस्थाका विषयमा बुझाइएको थियो ।
अस्पतालको फोहोर टोखाबाट सञ्चालित हिमालयन प्रालिले संकलन गर्ने गरेको छ । अनुगमन क्रममा वरिष्ठ अधिकृत महर्जनले महानगरपालिकाले हुन्छ नभनेसम्म फोहोर संकलन नगर्न निर्देशन दिइएको बताइन् ।
महानगर ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना गराउन सकिन्छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend