काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नुमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक प्रहरीको अरु कुनै मनसाय नभएको दाबी गरेका छन्।
बिहीबार चौधरी पक्राउबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै यो घटनाले भविष्यमा सजक हुनुपर्ने पाठ सिकाएको उल्लेख गरे।
‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नभएको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग बनाएको व्यहोरा अनुरोध गर्दछु।’
यस्तो घटनाले चौधरी र उनको परिवारलाई पर्न गएको पीडाप्रति समेत उनले दुःख व्यक्त गरे। ‘यस घटनाले आदरणीय रेशम चौधरी, परिवारजन र साथीहरुलाई जुन असहजता भयो, पीडा भयो त्यसका निम्ति म सम्मानित सदन समक्ष पुनः एकपटक दुःख व्यक्त गर्न चाहान्छु,’ गृहमन्त्री लेखकले भने।
नागरिक उन्मुक्ति पार्टीले रेशम पक्राउबारे सरकारको जवाफ माग गर्दै संसद्मा विरोध जनाएको थियो। उक्त विरोधपछि गृहमन्त्री यसबारे सवाफ दिन सनदमा उपस्थित भएका हुन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend