काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारका नीति तथा कार्यक्रमले सात बुँदे सहमतिलाई समेट्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् ।
नीति तथा कार्यक्रमअन्तर्गतको बिहीबार ९आज० बसेको संसद् बैठकमा भाग लिएका परियारले यसमा सरकारको कमजोरी देखिएको बताएका हुन् ।
‘कता–कता हामीले आशा गरेअनुसार चाहिँस यो नीति तथा कार्यक्रममा केही कमजोरी भएको हो कि रु भन्ने पनि प्रश्न उठेको छ । नीति तथा कार्यक्रम संक्षिप्तमा आएको छ। यसले लागू गर्न सक्ने कुराहरूलाई बढी जोड गरेको छ, यो अत्यन्तै सकारात्मक छ । तर, केही कुराहरू यसमा दोहोरिएका पनि छन् । केही नयाँ पनि आएका छन् । यो मिश्रित खालको छ भनेर हामीले भन्दा फरक नपर्ला भन्ने छ,’ उनले भने ।
उनले अगाडि भने, ‘सरकार गठन हुँदा समग्र देशका उद्योगी, व्यवसायी र आर्थिक क्षेत्रमा लागेका, बेरोजगार युवा–युवातीहरू सम्पूर्ण क्षेत्रका व्यक्तित्वहरू अत्यन्तै हर्षित थिए । अत्यन्तै खुसी थिए । एउटा बलियो सरकार आउने भयो, एउटा सुशासन दिन सक्ने सरकार आउने भयो भन्ने एउटा अभिलाषा पनि थियो । यसै सन्दर्भमा हामीले कांग्रेस र एमालेका बीचमा सात बुँदे सहमति गर्यौँ, त्यसभित्र आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने, मलुकभित्र पर्याप्त आन्तरिक रोजगारी सिर्जना गर्ने, आवश्यकताअनुसार अहिलेसम्मको अनुभवका आधारमा संविधान संशोधन गर्नेलगायतका महत्वपूर्ण विषयहरू हामीले दुई दलका बीचमा सहमति गरेका थियौँ । यसले एउटा ठूलो आशा हामीलाई जगाएको थियो ।’ तर, अहिले अपेक्षित नीति तथा कार्यक्रम नआएको उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend