काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन देशको साझा समस्या बन्न पुगेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद गैरेले भ्रष्टाचार र कमिसन कुनै एक दलको मात्र नभई सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका हुन् ।
यो समस्या समाधान गर्न सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । उनले सत्ता र प्रतिपक्षी दलले एकअर्कालाई आरोप लगाएर मात्र यो समस्या परास्त गर्न नसकिने भन्दै सबैले आत्मसाथ गर्नु पर्ने धारणा राखे ।
‘एकले अर्कालाई आरोप–प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो,’ उनले भने ।
‘एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं,’ उनले प्रश्न गरे, ‘विपक्षी दलका नेताहरूले सरकारले गरेको राम्रो कामलाई पनि राम्रो भन्न नसक्ने, अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि त्यसपछिको सरकारले पन्छाउँदै जाँदा हामी कहाँ पुगौंला रु’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend